जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार १२:३५

सुदूरपश्चिम प्रदेशको कांग्रेस सभापतिमा देउवानिकट बलायर निर्वाचित, कस्को मत कति ?


धनगढी, मंसिर १९ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर निर्वाचित हुनुभएको छ। सभापति शेरबहादुर देउवानिकट नेता बलायरले संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।

कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै पाउनु भयो । पदाधिकारीमा बलायरको प्यानल नै विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सह महामन्त्रीमा गोपालदत्त भट्ट चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी हुनुभएको छ ।

यस्तो छ मत परिणाम
सभापति
वीरबहादुर बलायर –६८८(विजयी)
नारायणदत्त मिश्र –२८०

उपसभापति
गोपालसिंह गुरुङ –२८१
जनकराज चौधरी –६१०(विजयी)
मनबहादुर रावल –२६३
लोकराज अवस्थी –५२३(विजयी)
हिमबहादुर रावल–१२१

महामन्त्री
नरनारायण शाह मनु –६४८(विजयी)
प्रताप गुर्धामी–१३३
मेघराज खड्का –६३५(विजयी)
रामबहादुर शाही –३०३

सहमहामन्त्री
गोपालदत्त भट्ट–५२९(विजयी)
चिन्तामणि भट्ट –५३३(विजयी)
नरेन्द्रप्रसाद भट्ट–२१२
पदमराज पन्त –२५४
लक्ष्मणबहादुर शाही – १६४
हर्कबहादुर स्वाँर–६८

महिला सहमहामन्त्री
अम्बिका कुमारी चलाउने–६८६(विजयी)
खिना भण्डारी –२२३