जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार १८:४४

एमाले महासचिव शंकर पोखरेलको पहिलो सर्कुलर : मतदाता नामावली सङ्कलनमा सघाउन ६ बुँदे निर्देशन


काठमाडौं, मंसिर १९ । नेकपा एमालेले मतदाता सङ्कलनमा सक्रियतापुर्वक लाग्न मातहतका सवै कमिटीहरूलाई निर्देशन दिएको छ ।

एमाले महासचिव शङ्कर पोख्रेलले सर्कुलर जारी गर्दै मताधिकारको लागि सबैलाई मतदाता नामावली र आवेदन फारम भर्ने काममा सक्रियतापुर्वक लाग्न निर्देशन दिनुभएको हो । निर्देशनमा मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्न र गराउन भनिएको छ ।