जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार १९:२७

९० बर्षीया बृद्धा भद्रा घलेको बिश्वाश : केपी ओलीले फेरि दुईतिहाईका साथ सरकारमा आउँछन-आउँछन


काठमाडौं, मंसिर १९ । पुराना राजनीतिज्ञ भद्रा कुमारी घले सर्वाेच्चको परमादेशलाई खारेज गर्दै जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली पुनः सत्तामा आउने कुरामा ढुक्क हुनुहुन्छ । ओली सरकारले गरेको कामका आधारमा उहाँको समर्थनमा उभिनुभएकी ९० बर्षीया बृद्धा घले केही समयदेखि ओली हटाउनेहरुलाई जनताले जवाफ दिनुपर्ने बताउँदै आउनु भएको छ ।

यही सिलसिलामा शनिवार एमाले अध्यक्ष ओली डिल्लीबजारस्थित आफ्नै निवासमा भेटन आइपुग्नु भएपछि घलेले आफ्नो मनको कुरा खोल्नुभयो अनि आशिर्वाद दिनुभयो– राम्रो काम गर्दा षडयन्त्र गरेर हटाए, अव फेरि पनि दुई तिहाईका साथ तपाई प्रधानमन्त्री बन्नुपर्छ र अधुरा काम पूरा गर्नूपर्छ ।’

अनेक षडयन्त्र गरेर हटाए पनि यो देशमा केपी ओलीले फेरि बहुमत ल्याउछन । आउने चुनावमा हामीजस्ताले पनि उहाँलाई भोट दिन्छौं । मैले आशिर्वाद दिएकी छु, फेरि पनि केपी ओली दुई तिहाई बहुमतका साथ सरकारमा आउनुपर्छ

पत्नी राधिका शाक्यसहित पूर्व प्रधानमन्त्री ओली आफ्नो घरमा आउँदा पूर्वराज्यमन्त्री समेत रहनु भएकी घले निकै खुसी हुनुभएको थियो । ओलीलाई बिदा गरेपछि सञ्चारकर्मीसँग उहाँले आफ्नो बिश्वास पोख्नुभयो, ‘अनेक षडयन्त्र गरेर हटाए पनि यो देशमा केपी ओलीले फेरि बहुमत ल्याउछन । आउने चुनावमा हामीजस्ताले पनि उहाँलाई भोट दिन्छौं । मैले आशिर्वाद दिएकी छु, फेरि पनि केपी ओली दुई तिहाई बहुमतका साथ सरकारमा आउनुपर्छ ।’

घलेले यसो भनिरहँदा नेपालका सवै नागरिकले ओलीले गरेको काम देखिसकेको र केहीले आफ्नो स्वार्थका लागि ओलीलाई देखिनसहेको कुरा छर्लंग भइसकेको बताउनु भयो ।