जनता टाइम्स

२० मंसिर २०७८, सोमबार ०७:१५

जुम्ला आउँदै राष्ट्रपति भण्डारी


जुम्ला, मंसिर २० । राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला आउने हुनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेको एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न राष्ट्रपति भण्डारी मंसिर २६ गते जुम्ला आउन लाग्नुभएको हो ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ । एमबीबीएस र प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेको उहाँले बताउनु भयो ।

प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुनेछ ।