जनता टाइम्स

२० मंसिर २०७८, सोमबार ११:२२

भरत शाहमाथि बालकृष्ण खाँणको घात, लुम्बिनीमा बिभाजित बन्यो देउवाको टीम


रुपन्देही, मंसिर २० । नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा समुहभित्रै घात भएको छ । प्रधानमन्त्री एवं सभापति देउवाका बिश्वाशपात्र गृहमन्त्री बालकृष्ण खाँणले शाहमाथि घात गरेपछि पराजय बेहोर्नु परेको छ ।

लुम्बिनी प्रदेशमा गृहमन्त्री खाँणले देउवा समुहभित्र शाहलाई प्रतिस्पर्धीको रुपमा हेर्दै प्रदेश सभापतिमै झण्डै एक सय मत बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका उम्मेद्वार अमरसिंह पुनलाई हाल्न लगाएपछि शाह पराजीत हुनुपरेको हो । गृहमन्त्री खाँणको घातकै कारण शाह पुनसँग ८५ मतले पराजीत हुनुभएको छ । लुम्बिनी प्रदेशमा बलियो पकड राख्नुभएका शाहलाई प्रदेश सभापति बनाउने भन्दै खाँणले यसअघि रुपन्देहीमा आफ्ना भाई रामकृष्ण खाँणलाई निर्बिरोध सभापति बनाउनु भएको थियो ।

तर त्यस्को बदलामा खाँणले सय मत पुनलाई हाल्न लगाएर प्रदेशमै हराउनु भएको हो । गृहमन्त्री खाँणले घात गर्नुभयो, देउवाको बिश्वासपात्रको धोकालाई बिर्सन सकिन्न, अव हामी पनि आफ्नो योजना बनाउँछौ, खाँणकै कारण सभापतिमा पराजय भएको भन्दै शाहनिकट एक नेताले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार अव महाधिवेशनमा यस्को हिसाव किताव गर्ने गरी शाह समुह अघि बढेको छ ।