जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १९:४७

शशांक कोइरालाले सभापतिको दावी छाडे, रामचन्द्रलाई साझा उम्मेदवार बनाउन प्रस्ताव


काठमाडौं, मंसिर २१ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा शेरवहादुर देउवालाई परास्त गर्न शशांक कोइरालाले सभापतिको दावी छाडनु भएको छ । गणेशमान भवन चाक्सीबारीमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न बसेको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन जनाउनु भएको हो ।

‘रामचन्द्रजी सिनियर पनि हो । मलाई उहाँले एकपटक सहयोग गर्नुस भन्नुभएको छ । उहाँकै नेतृत्वमा चुनावमा जानू उपयुक्त हुन्छ,’ बैठकमा कोइरालाको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्ससँग भने । कांग्रेस सभापतिका लागि सो समूहबाट पौडेलसहित सशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहको दावी रहेको छ ।

साझा उम्मेदवार बनाउन कार्यकर्ताले दबाब दिइरहेका छन् । अहिले चाक्सीबारीमा कार्यकर्ताहरु साझा उम्मेदवारको नाम पर्खिरहेका छन् । अहिले नेताहरुको छलफल सकिएको छ । अर्को बैठक भोली बिहान ९ बजे बस्ने भएको छ ।