जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १६:११

गृहजिल्लाबाट भीम रावलले गरे माधव नेपालको भण्डाफोर, खोले एक–एक पोल


काठमाडौं, २२ मंसिर । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले गृह जिल्ला अछाम पुगेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको पोल खोल्नुभएको छ । आज गृहजिल्लामा उहाँले माधव नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्नुभएकोहो । डा. रावलले १५ वर्ष पार्टी प्रमुख भएर पनि नपुगेर माधव नेपालले फेरि खिचडी पकाएको भन्दै सबै भण्डाफोर गर्नुभएको हो ।

एमालेका पूर्व उपाध्यक्ष समेत रहनुभएको रावलले व्यक्तिगत लोभ र कुण्ठा त्याग्नुपर्ने बताउनुभयो । उहाँले माधव नेपालले १५ वर्ष पार्टीको प्रमुख भएर पनि निहुँ खोजेर पार्टी फुटाएकोमा रोष प्रकट गर्नुभयो । त्यस्तै रावलले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री हुँदा पनि कहिल्यै नपुगेको भन्दै कुनै पटकमा पनि भन्न सक्ने एउटै काम नगरेको बताउनुभयो । त्यस्तै रावलले एमालेको चितवन महाधिवेशनमा आफूले एजेण्डामा जितेको बताउनुभयो ।

उहाँले महाधिवेशनमा टीका लगाएर कमिटी घोषणा गर्न खोजिएकोमा आफूले जबजको मूल मर्म अनुसार प्रतिस्पर्धामा गएको बताउनुभयो । उहाँले आफूले पद नै चाहेको भए अध्यक्ष ओलीले उपाध्यक्ष दिएको लिन सक्ने सुनाउनुभयो । उहाँले यसअघिको आठौँ महाधिवेशनमा केपी शर्मा ओली र आफूसँगै हारेको बताउँदै एक पटक हारेर केही नहुने समेत सुनाउनुभयो ।