जनता टाइम्स

२६ मंसिर २०७८, आईतवार १३:११

युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, शेखर कोइरालालाई समर्थन


काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिनुभएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

उहाँले आफूले उम्मेदवारी फिर्ता लिएर शेखर कोइरालालाई समर्थन गरेको बताउनुभयो । ‘मैले उठाएको सशक्त कांग्रेस, समृद्ध देश नारा अनि नेतृत्व परिवर्तनको विषयमा पनि शेखर दाइसँग मिल्न गयो, मेरो नारा उहाँले पनि बोक्नुभयो, त्यसैले मैले उम्मेदवारी फिर्ता गरेर उहाँलाई समर्थन गर्ने निर्णय गरेँ’, न्यौपानेले भन्नुभयो ।