जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार १८:३७

जनमोर्चाका उपाध्यक्ष एमालेमा प्रवेश


धनगढी, २८ मंसिर । राष्ट्रिय जनमोर्चाका कैलालीका उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य गोर वहादुर विक लगायत ११ जनाले जनमोर्चा परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले) कैलालीका अध्यक्ष रतन थापा, उपाध्यक्ष रण वहादुर चन्द, पार्टी सचिव दान बहादुर विश्वकर्मा (चित्रण) ले टीका र खादा लगाएर बिक सहित १० जनालाई पार्टिमा स्वागत गर्नुभएको हो । राष्ट्रिय जनमोर्चाबाट एमाले प्रवेश गर्नेमा उपाध्यक्ष बिक, जिल्ला कमिटी सदस्य बाजी बिक, कैलारी गाउपालीकाबाट गाउ कमिटी सदस्यहरु टिकादेबि टमटा, मोतिसिह टमटा, लक्ष्मिदेबि बिक, सन्त कोली र बिर बहादुर बिक रहेको एमाले कैलालीले जनाएको छ ।

त्यस्तै बदैगोरीयाका बालकुमार स्वर्णबार, गौरीगगाका जमुना देबि सुनार र बिकास बिकले पार्टि प्रवेश गर्नुभएको छ। पार्टि प्रवेश कार्यक्रममा जिल्ला कमिटीका नेता, धनगढी नगरकमिटी अध्यक्ष, कैलारी गाउपालिका अध्यक्ष लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।