काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजीत भए पनि डा. शेखर कोइराला पार्टीमा एउटा समूहको जबर्जस्त नेताका रूपमा उदाउनु भएको छ । पहिलो चरणमा पाँच प्रत्याशीबीच भएको प्रतिस्पर्धामा शेखरले दोस्रो धेरै मत ल्याएपछि उहाा दोस्रो चरणको निर्वाचनमा देउवासँग भिडनु भएको थियो ।
कोइराला परिवारबाट समेत असहयोग हुँदा पनि शेखर युवाहरूको टिम बनाएर मैदानमा होमिनु भएको थियो । इतर समूहबाट शेखरसँगै प्रकाशमान सिंह पनि सभापतिको उम्मेदवार हुनुहुन्थ्यो । तर, दोस्रो चरणमा प्रकाशमानले देउवालाई समर्थन गर्ने सहमति गरेपछि कोइराला इतर समूहको प्रमुख नेताका रूपमा उदाउनु भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलइतर समूहमै सभापतिको साझा उम्मेदवार बन्न नसकेपछि चुनावी प्रक्रियामै सहभागी हुनुभएन । आफ्नै भाई डा. शशांक कोइराला पनि शेखरको पक्षमा खुल्नुभएन । यसले पनि शेखरलाई आफ्नो समूहको नेता बन्ने अवसर दिएको छ ।
शेखर र शशांक एकै परिवारका दाजुभाइ हुन् । शशांक बिपी कोइरालाका छोरा हुन् भने शेखर बिपीका भाइ केशवका छोरा हुन् । रामचन्द्र पौडेलजस्तै डा. शशांक कोइराला पनि कुनै उम्मेदवारतिर खुल्नुभएन । तर कोइराला मतदानमा भने सहभागी हुनुभयो । चुनावमा शेखरले भाइ शशांकसँग भोट माग्न मीनेन्द्र रिजाललाई पठाउनु पर्यो । शशांकको महाराजगन्जस्थित निवासमै पुगेर मीनेन्द्रले शेखरको पक्षमा खुलिदिन आग्रह गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्