जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार १२:०१

प्रदेशसभाको आठौँ अधिवेशन आजबाट, दुई अध्यादेश पेस गरिँदै


जनकपुरधाम, २९ मंसिर । प्रदेश २ को प्रदेश सभाको आठौँ अधिवेशनको पहिलो बैठक बुधबार बस्दै छ । २२ असोजमा सातौँ अधिवेशन सम्पन्न भएपछि बुधबार आठौँ अधिवेशनको पहिलो बैठक बस्दै छ । तर, नेपाली कांग्रेसका सांसदहरू पार्टीको महाधिवेशनको क्रममा काठमाडौँमा रहने भएकाले आजको बैठक प्रभावित हुने भएको छ ।

प्रदेशसभामा प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको विश्व विद्यालयसम्बन्धी दुईवटा विधेयक पेस गरिने कार्यक्रम छ । तर, सत्तारुढ दल कांग्रेसका सासदहरू नै अनुपस्थित रहेने भएकाले उक्त विधेयक टेबुल भएर स्थगन हुने सक्ने प्रदेश सभा सचिवायले जनाएको छ । आठौँ अधिवेशनको पहिलो वैठक भएकोले सासदले शुभकामना दिने कार्यक्रमसमेत रहेको प्रदेशसभा सचिवालय सचिव रंजित यादवले बताउनुभयो ।