आज गणेशमान र महेन्द्र नारायण (बुवा) हरुले बनाएको शाख सन्तानहरुले घटाएका छन । अझ एक कदम अघि बढेर प्रकाशमान सिंह गर्जदै थिए । कांग्रेसले हसिया हथौड़ामा भोट खसाल्न बाध्य पार्ने दिन अब मैले समाप्त पार्दछु भन्दै थिए । अब तपाइले देउवालाई सहयोग गरेपछि कांग्रेसहरुले हसिया हथौडामा भोट हाल्दा हुन्छ ? । पार्टी सभापति शेरबहादुर देउवा केपी ओलीको ललिपपमा भुलेकोले कांग्रेसलाई पहिलेको जस्तो निश्वार्थी, त्यागी, आदर्श बिचारबाट दिशा निर्देशन गराउन देउवाले सकेनन। त्यो मेरा जिम्मामा ल्याउने कसम खाएका थिए । तर पद पैसाका अघि ती सबै भुत्ते भए । आज तिमिहरुका बुवाहरुले पनि तिमिहरु जस्तै राणाहरुको पद, पैसाको लालचमा बिकेका भए आजको सान सौकत र बिलाशिताका जीवन बिताउन पाउथ्यौ होला ?
टेकराज पौडेल
नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट पुनः दोश्रो कार्यककको लागि शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएका छन । २०७३ सालको अघिल्लो पटकको १३औं महाधिवेशनको निर्वाचनमा बरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर पार्टी सभापति भएका शेरबहादुर देउवा दोस्रो पटक भने कोइराला परिवारका डा. शेखर कोइरालालाई दोस्रो चरणको निर्वाचनमार्फत पराजित गर्दै सभापतिमा चयन भएका हुन ।
१४औं महाधिवेशनमा उम्मेदवार भएका केही महत्वपूर्ण पात्रका कारण यसपटकको महाधिवेशन बढी चर्चायोग्य रह्यो । कोइराला परिवारभित्रका शेखर कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधि पुत्र बिमलेन्द्र निधिजीका कारण जो कांग्रेसको १४औं महाधिवेशनमा पाँच पटक सत्ताको नेतृत्व गरेका र लामो समय नेपाली कांग्रेसको नेतृत्व गरेका प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको बिरुद्ध सभापतिका जबरजस्त उम्मेदवार बने र केही भोट प्राप्त गरे । यो लेखमा ४० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका शेखर कोइरालाबारे केही भनिएको छैन ।
नेपालमा नेपाली कांग्रेसभित्र मात्र होइन, दक्षिण एसियाका धेरै जसो मुलुकमा सम्बन्धित देशको महत्वपूर्ण र लोकतान्त्रिक परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भुमिकामा रहेका नेताहरुको परिबारका सदस्यहरुको आन्दोलन र पार्टीमा योगदान भए वा नभए पनि अभिभावकको पारिवारिक बिरासतमा राजनितीमा लागेको, ल्याइएको इतिहास छ । भारतमा जबाहर नेहरुकी छोरी इन्दिरा गान्धी लामो समय कांग्रेस आइको सभापति र देशको प्रधानमन्त्री भइन । पुत्र राजीब गान्धीसमेत प्रधानमन्त्री बने । बुहारी श्रीमती सोनिया गान्धी कांग्रेस पार्टीको सभापति र छोरा राहुलसमेत गान्धी परिबारबाट कांग्रेस आइको सभापति बनेर राजनितीको केन्द्रमा रहेका छन । उता पाकिस्तानलाई भारतबाट स्वतन्त्र गराउने महत्वपूर्ण आन्दोलनमा नेतृत्व गरेका जुल्फिकर अलि भुट्टोकी छोरी बेनजिर भुट्टो पाकिस्तानकै प्रधानमन्त्री बनिन । बङलादेशमा शेख मुजिवर रहमान कि छोरी सेख हसिना जिया पनि बाबुको बिरासत कै कारण राजनितीको केन्द्र भागमा छिन ।
राजनिती गरेका निष्ठावान राजनेताहरुको परिबारबाट आफ्नै चाहनाले राजनिती गरेका परिबारलाई स्थापित गर्न त्यति गाह्रो बिषय त होइन । गणेशमान सिहपुत्र– प्रकाशमान वा महेन्द्रनारायण निधि पुत्र –बिमलेन्द्र निधि जस्ता नेताका छोराहरु आफै पनि सानै उमेरदेखि राजनितिमा सकृय भएर आएका पात्रहरु हुन । तर बिपिकै सुपुत्र प्रकाश कोइराला, सशांक वा भतिज सेखर कोइराला वा गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई गिरिजाबाबुले कोइराला परिवारको बिरासत थाम्न २०६२/६३ को जनआन्दोलनको अघि पछि कांग्रेसको राजनीतिमा ल्याएका खल्तीका पात्रहरु हुन ।
उनीहरु कहिल्यै कांग्रेसको अभियानमा सामेल भएनन । आफ्नो ब्यक्तिगत करिअर बनाउन अध्ययन र पेशामा लागेका थिए । तेह्रौ महाधिवेशनमा शेरबहादुर देउवालाई पराजित गर्ने रणनीति अन्तर्गत बरिष्ठ नेता रामचन्द्र पौडेलको टिमको महामन्त्रीमा जोडबल लगाएर कोइराला परिवारबाट महामन्त्रीमा ल्याएका शशांक कोइराला सभापतिमा पौडेलले हारे पनि महामन्त्री सशांकले जिते । महामन्त्रीमा जितेका शशांकलाई देउवालाई तह लगाउन काफी हुन्छ भनेर आशा र बिश्वास गरिएका थिए । कोइरालाले यो बिचमा सभापति देउवालाई च्यालेन्ज गर्ने कुरा त जहाँसुकै जावस, सभापतिको छेउमा बस्न सक्ने ल्याकत प्रदर्शन गर्न सकेनन । अझ अचम्मको कुरा त यो छ कि चौधौं महाधिवेशनमा कोइराला परिवारका ३ हस्ती तीन वटा टिमको सिंग र पुच्छर समातेर बैतर्नी तर्नुपर्ने स्थितिमा पुगे ।
२०५८ सालमा गिरिजाप्रसाद कोइरालासंगको खटपटबाट कांग्रेस छोडेर लोकतान्त्रिक कांग्रेस पार्टी निर्माण गरेका शेरबहादुर देउवासँगै बिद्रोह गरेर गएका प्रकाशमान सिंह र बिमलेन्द्र निधि पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको कट्टर आलोचक भएका थिए । देउवालाई गणेशमान र महेन्द्रनारायण निधिको परिवारबाट सहयोग गरेर गिरिजाप्रसाद कोइरालालाई देखाइ दिन सहयोग गरेको गुण देउवाले नभुल्लान भन्ने आशा थियो । तर देउवाले अघिल्लो र यसपटक देउवा प्रचण्डको संयुक्त सरकारमा मन्त्रीमा समावेश नगरेको रिस पालेर राखेका थिए । मौका ढुकेर बसेका सिंह र उता अघिल्लो पटक २०७४ सालमा गृहमन्त्री भएका निधि आइजिपी नवराज सिलवाल नियुक्तिमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेप गरेर देउवाले आफ्नै सुदुर पश्चिमका जयबहादुर चन्दलाई आइजिपी बनाउने अड्डिका कारण रुष्ट थिए र गृहमन्त्रीबाट समेत राजिनामा दिएर बसेका थिए ।
२०७४ को संघीय निर्वाचनमा आफुलाई जिताइ दिन देउवाले एमाले अध्यक्ष केपी ओलीसँग भित्री भलाकुसारी नगरेकोले आफूले हार्न परेको तितो निधिले आफ्ना नजिककालाई बताउने गर्दथे । चौधौं महाधिवेशनमा देउवालाई देखिने गरी पहिलो चरणमा सहयोग नगर्ने बिचारमा थिए । दोस्रो चरणमा हुने निर्वाचनमा आफूलाई प्राप्त भएको मत पद र पैसाको बार्गेनिङमा मात्र देउवालाई दिने रणनीतिमा थिए । उता बिगत ४ बर्षदेखि देउवाले आफूलाई महत्व नदिएको गुनासो गर्दै आएका प्रकाशमान सिंह पनि सके देउवा इतरको सभापति आफू बन्ने नभए दोश्रो चरणमा १३औं महाधिवेशनमा कृष्ण सिटौलाले जस्तै देउवासँग बार्गेनिङ गरेर सभापतिमा भोट देउवालाई बिक्रि गर्ने रणनीतिमा थिए । देउवा इतरको सभापतिका आकांक्षीहरुको विभिन्न चरणमा एउटा मात्र उम्मेदवार बनाउन प्रयत्न भएता पनि सफल हुन सकेन ।
सभापतिको दौडमा रहेका पौडेलले आफू यो लडाईंबाट बाहिरिएको स्पष्टिकरण दिए । पौडेल बाहिरिएर पनि देउवाको बिरुद्ध एउटा मात्र प्यानल बनाउने प्रयत्न विभिन्न शक्ति केन्द्रहरुले दिएनन । प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओली पनि सभापतिमा देउवालाई नै देख्न चाहान्थे । भलै देउवाले खुला सत्रमा ओलीलाई नामै किटान गरेर गाली किन नगरुन, त्यो त देउवाको कांग्रेसबाट सहानुभूति प्रकट होस भन्नका लागि मात्र थियो । सत्ता गठबन्धनका दलहरु पनि देउवाले हारेर कतै गठबन्धन नै धरापमा पर्ने हो कि भन्ने चिन्ताले दुई रात जाग्राम नै बसे । देउवाले निधिलाई बाल दिएनन ।
दोश्रो चरणको लागि ८३ मत कम भएका देउवाले अपुग मत सत्ताको जोडबलमा किनेरै भए पनि पुर्याउन सक्ने स्थिति थियो । देउवाले आफ्ना सुत्रहरु निधि र सिंहसँग नियमित सम्पर्कमा पुर्याईसकेका थिए । शुरुमा निकै कडा देखिएका सिंह दोश्रो चरणमा निधिले देउवालाई सहयोग गर्न सक्दछ भन्ने आशंका गरे । आफ्नो सम्मानजनक भोट पनि न आएको र अबका पाँच बर्ष देउवाको कोपभाजनमा पर्ने डरले देउवाका सम्पर्क सुत्र रहेका गृहमन्त्री बालकृष्ण खाँडसँग बाक्लो सम्पर्कमा थिए । उता निधि भने अब म बाहेक देउवालाई कसैको सहयोग रहन्न भन्ने आँकलनलाई बल पुग्ने गरी सिंह पक्षबाट नै अब देउवा इतरको शेखर जिताउनु पर्दछ भन्ने प्रचार शुरु गराए । निधि अझ कडा हुन थाले ।
देउवाका सम्पर्क सुत्र रहेका उमाकान्त चौधरीसँग कडा कडा सर्त तेर्स्याउन थाले । तत्काल उपप्रधानमन्त्री र गृहमन्त्री दिनु पर्ने । चुनाबपछि प्रधानमन्त्री वा राष्ट्रपति एक हुनु पाउनु पर्ने । यो सर्त सुनेपछि देउवाले निधीलाई भन्दा सिंहलाई जे जे दिएर हुन्छ छिटोभन्दा छिटो सम्झौता गर्न आदेश दिए । निधिले उछिट्याई हाल्दछ कि भन्ने लागेका सिंहले सके गृहमन्त्रीसहितको उपप्रधानमन्त्री नभए हाललाई उपप्रधानमन्त्री थप्ने र आफू बन्ने गरी निर्वाचनमा खर्च भएको ठूलो रकम क्षतिपूर्ति दिने गरी कागजात गरियो । यता सिंहसँग सम्झौता भएको थाहा पाएका निधीले पनि देउवालाई आफ्नो समर्थन रहेको भन्दै सामान्य लेनदेनमा भोट खसाल्न राजी भए ।
गणेशमान सिंह र महेन्द्रनारायण निधिको नेपाली कांग्रेसको इतिहासमा स्वर्ण अक्षरमा नाम लेखिन्छ । उहाँका यी छोराहरु नेपाल बिद्यार्थी संघमा काम गर्दै अघि बढेका योद्धाहरु हुन । तथापी यति बेला उनीहरुको पदप्रतिको लोभ र द्रब्यप्रतिको लालचले भने उनीहरुको कद घटेको छ । कांग्रेसमा शेरबहादुर देउवालाई प्रगतिको बाधकको रुपमा व्याख्या गरिने गर्दछ । यदि सबै नेतालाई यो लागेको थियो भने देउवा इतरको एउटा मोर्चा बन्थ्यो । हिजोको गिरिजाबाबुलाई पनि सर्वसम्मत सभापति दिएनन । जनार्दन आचार्य र चिरञ्जीवी वाग्लेले च्यालेन्ज गरे तर कांग्रेसका अन्य नेताले बार्गेनिङ्ग गरेनन ।
आज गणेशमान र महेन्द्र नारायण (बुवा) हरुले बनाएको शाख सन्तानहरुले घटाएका छन । अझ एक कदम अघि बढेर प्रकाशमान सिंह गर्जदै थिए । कांग्रेसले हसिया हथौड़ामा भोट खसाल्न बाध्य पार्ने दिन अब मैले समाप्त पार्दछु भन्दै थिए । अब तपाइले देउवालाई सहयोग गरेपछि कांग्रेसहरुले हसिया हथौडामा भोट हाल्दा हुन्छ ? । पार्टी सभापति शेरबहादुर देउवा केपी ओलीको ललिपपमा भुलेकोले कांग्रेसलाई पहिलेको जस्तो निश्वार्थी, त्यागी, आदर्श बिचारबाट दिशा निर्देशन गराउन देउवाले सकेनन। त्यो मेरा जिम्मामा ल्याउने कसम खाएका थिए । तर पद पैसाका अघि ती सबै भुत्ते भए । आज तिमिहरुका बुवाहरुले पनि तिमिहरु जस्तै राणाहरुको पद, पैसाको लालचमा बिकेका भए आजको सान सौकत र बिलाशिताका जीवन बिताउन पाउथ्यौ होला ? आखिर तलका कार्यकर्ता र सिङ्गो कांग्रेसको शाख घटाएर महाधिवेशनको अन्त्य भएको छ । निर्वाचित सभापति सम्माननीय शेरबहादुर देउवालगायत बिजयी हुन लागेका सबैलाई बधाई तथा शुभकामना ।













प्रतिक्रिया दिनुहोस्