काठमाडौं, पुस १ । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहार्नुभएको छ । बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित हुनुभएको थियो ।
गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाउनु भएकाृ छ । गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिनुभएको हो । उपभापतिमा पूर्णबहादुर खड्का पनि विजयी भइसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्