काठमाडौं, १ पुस । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहनुभएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार १११५ मत गन्दा थापाले ७५६ विश्वप्रकाशले ४९० ल्याउनुभएको छ । त्यस्तै प्रदीप पौडेलले ३६१ मत ल्याउनुभएको छ भने प्रकाशशरण महतले ३८१, मिनेन्द्र रिजालले २२३ र राजाराम कार्कीले ३९ मत ल्याउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्