जनता टाइम्स

१ पुष २०७८, बिहीबार १५:०२

मत गणना नसकिदै कांग्रेस महामन्त्रीमा गगन थापा र बिश्वप्रकाश शर्मा बिजयी, ४३९० मत गन्दा गगन २८२३, बिश्वप्रकाश १८२४



काठमाडौं, पुस १ । नेपाली कांग्रेस महामन्त्रीमा गगन थापा र बिश्वप्रकाश शर्मा बिजयी हुनुभएको छ । खसेको कुल मत गणना नसकिँदै मतान्तरका आधारमा थापा र शर्मा बिजयी हुनुभएको हो ।

महामन्त्रीमा थापाले जीता लागि आवश्यक भन्दा बढी मत ल्याइसक्नु भएको छ भने शर्मा पनि बाँकी सवै मत बिपक्षी उम्मेद्वारले पाउँदा पनि जितमा पुग्नुभएको हो । शर्माले १८२४ मत ल्याउनु भएको छ छ । उहाँलाई पच्छ्याइ रहनुभएका डा. प्रकाशशरण महतले १४ सय ५५ र प्रदीप पौडेलले १३०३ मत पाउनु भएको छ ।

यस्तै डा. मिनेन्द्र रिजालले ७५३ मत र राजाराम कार्कीले १ सय मत पाउनु भएको छ ।