विराटनगर, पुस १ । नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक अध्यक्ष केपी शर्मा ओली निकटकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठक युवा नेतहरूले बहिस्कार गरेका हुन् ।
पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले बैठक बहिस्कार गरेका छन् । प्रदेश कमिटी सदस्यसमेत रहेका पर्शुराम बस्नते, जिल्ला कमिटीको सचिवको आकांक्षी रविन थापा र उपसचिवका आकांक्षी सन्तोष वान्तवाले बैठक बहिस्कार गर्नुभएको हो । यस्तै, जिल्ला कमिटी सदस्य सन्तोष वान्तवाले नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्टि जनाउनु भएको छ ।
बैठक बहिस्कार गरेर हिडेका प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतले जिल्लामा एमालेभित्र सच्चा राजनीति गर्नेलाई पाखा लगाउन खोजिएको बताउनु भयो । उहाँले आगामी आइतबार छुट्टै जिल्ला कमिटीको भेला आयोजना गर्ने समेत जानकारी दिनुभयो ।
बैठक बहिस्कार गर्ने नेताहरू सबै एमाले अध्यक्ष केपी शर्मा ओली निकटकै हुन । जिल्ला कमिटी अध्यक्ष ऋषिकेस पोख्रेलले भने बैठक बहिस्कार गरेको बिषयमा आफूलाई जानकारी नभएको बताउनु भयो । उहाँले पार्टी जिल्ला अधिवेशन मूल आयोजक कमिटी बनाएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्