जनता टाइम्स

१ पुष २०७८, बिहीबार २०:४८

सहमहामन्त्रीको मतगणना : डिना, मानबहादुर र भीष्मराजलाई अग्रता


काठमाडौं, पुस १ । नेपाली कांग्रेसको तीन क्लस्टरको सहमहामन्त्रीको मतगणना अहिले भइहेको छ । महिला, दलित र आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको मत गणना भइरहँदा सभापति शेरबहादुर देउवाको प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

महिलातर्फ १,५०४ मतको गणना भएको छ, जसमा महालक्ष्मी उपाध्याय डिनाले ८०६ मत पाउँदा कमला पन्तले ६८३ मत पाउनुभएको छ । दलिततर्फ १,७८० मत गणना हुँदा मानबहादुर विश्वकर्माले ८३९ मत पाउनुभएको छ। जीवन परियारले ८३१ र गंगा सुनारले ७० मत प्राप्त गर्नुभएको छ । आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बेले ५१८ मत पाउँदा विकास लामाले ३५७ मत पाउनुभएको छ ।