बुटवल पुस २ । बुद्ध जन्मस्थल लुम्बिनीमा आगलागी हुँदा एक दर्जन उपहार पसल जलेर नष्ट भएका छन् ।गएराति साढे एक बजेतिर लागेको आगलागीबाट पर्यटक लक्षित १२ वटा उपहार पसल जलेर नष्ट भएको लुम्बिनी शोभिनियर सपका सञ्चालक पिन्टु बानियाले जानकारी दिनुभयो । त्यहाँ रहेका माला, मूर्ति, ढाका, हस्तकला लगायतका पसलमा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबर क्षति भएको अनुमान गरिएको बानियाले बताउनुभयो । कवाड बटुल्ने व्यक्तिले जाडोमा आगो ताप्न बालेको आगोबाट पसलहरुमा आगलागी भएको उहाँले बताउनुभयो । बोलाएको एक घण्टापछि मात्र दमकल आउँदा ठूलो क्षति भएको उहाँले बताउनुयभो । त्यहाँ एक सय बढी उपहार पसल छन् । दमकल, प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
लुम्बिनीमा एक दर्जन उपहार पसल जले













प्रतिक्रिया दिनुहोस्