जनता टाइम्स

२ पुष २०७८, शुक्रबार १३:०७

कांग्रेस-माओवादी र मधेसवादी दलका चर्चित नेताहरु भित्र्याउन कपिलबस्तु आउँदै एमाले अध्यक्ष ओली


कपिलबस्तु, पुस २ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु आउने हुनभएको छ । एमाले कपिलबस्तुले आयोजना गर्न लागेका जिल्लास्तरीय जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली कपिलबस्तु आउन लाग्नुभएको हो । कपिलबस्तु एमालेले यही पुस ६ गते जिल्लाको पश्चिमक्षेत्रमा जनसभामा गरी कांग्रेस, माओवादी र मधेशवादी दलका चर्चित नेताहरुलाई एमालेमा भित्र्याउने योजना बनाएो छ ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा कपिलबस्तुका पश्चिम क्षेत्रका पुराना लोकप्रिय नेता मंगलप्रसाद गुप्तासहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । एमालेले अध्यक्ष ओलीको आगमनमै बिभिन्न क्षेत्रका ब्यक्तिलाई समेत पार्टी प्रवेश गराउने गरी अन्तिम तयारी अघि बढाएको छ ।