जनता टाइम्स

३ पुष २०७८, शनिबार ०७:२७

गृहजिल्लामा भीम रावलको गर्जन : एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु


अछाम पुस ३ । नेकपा एमालेका नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनु भएको छ । गृहजिल्ला बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनु भयो ।

तर, कसैले पाखा लगाउन खोजेमा भने त्यसको परीणाम राम्रो नहुने रावलको भनाई छ । रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गर्नभयो । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उहाँको जोड थियो । उहाँले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको ठोकुवा पनि गर्नुभयो ।

उहाँले लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको बताउनु भयो ।