काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणनामा नेता शशांक कोइरालाले पहिलो नम्बरमा देखिनुभएको छ । अहिलेसम्मको मतगणनामा निवर्तमान महामन्त्री कोइराला पहिलो नम्बरसहित सवैभन्दा अग्रपंक्तिमा देखिनुभएको हो ।
अहिलेसम्मको मतगणनामा दोस्रोमा उदश शमशेर राणा र तेस्रोमा रामहरी खतिवडाले मत ल्याउनु भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा अहिले खुल्ला केन्द्रीय सदस्यको १५ स्थानमा मतगणना भइरहेको छ । मतगणना केहीबेर अघि सुरु भएको हो ।
खुल्ला सदस्यतर्फको मतगणना भोलि बिहानसम्म सकिने अनुमान गरिएको छ । कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो । त्यस्तै, पिछडिएको क्षेत्र र मधेसी महिलातर्फको केन्द्रीय सदस्यको नतिजा आइसकेको छ । जसअन्तर्गत अर्जुनबहादुर सिंह र चित्रलेखा यादव विजयी भइसक्नु भएको छ ।














प्रतिक्रिया दिनुहोस्