जनता टाइम्स

३ पुष २०७८, शनिबार १५:३७

सल्लाहकार नबस्ने भीम रावलको घोषणा


काठमाडौं, पुस ३ । नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले पार्टीको सल्लाहकार पद अस्वीकार गर्नुभएको छ ।

महासचिव शंकर पोखरेलले रावललाई अमृत बोहराको अध्यक्षतामा रहेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य अर्थात पार्टीको सल्लाहकारको स्वतः जिम्मेवारीमा रहने बताउनु भएपछि पूर्वउपाध्यक्ष रावलले यस्तो घोषणा गर्नुभएको हो ।

‘मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ, यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ,’ रावलले भन्नुभएको छ । अध्यक्ष ओलीसँग १०औं महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका रावलले केन्द्रीय सदस्य पद पनि अस्वीकार गरेपछि बिधानत स्वतः सल्लाहकार हुने ब्यवस्था छ ।