जनता टाइम्स

३ पुष २०७८, शनिबार १९:३८

बिभिन्न पार्टी त्यागेर एमाले भातृ संगठन प्रवासी नेपाली मञ्च कतारमा ४० युवा भित्रिए (सूचीसहित)


कतार, पुस ३ । एमाले भातृ संगठन प्रवासी नेपाली मञ्च कतारमा ४० युवा प्रवेश गरेका छन । शुक्रबार दोहा नज्मामा अवस्थित गोर्खा रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा ४० जना युवाहरुले विभिन्न बैचारिक सङ्गठन त्यागेर सामुहिक रुपमा मञ्चमा प्रवेश गरेका हुन ।

कार्यक्रममा संगठन विभाग प्रमुख चन्द्र बिक, सचिवालय सदस्य बिनेश तामाङ, ४ नम्बर नगर प्रमुख रामजी अधिकारीलगायत प्रवासी नेपाली मञ्चका पार्टी बिभागका अध्यक्ष तथा पदाधीकारीहरुका साथै राष्ट्रिय कमिटी सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा मञ्च कतारका अध्यक्ष तथा सभापति चानक पोख्रेललगायतका नेताहरुले खादा लगाएर उनीहरुलाई स्वागत गरेका थिए । सो क्रममा अध्यक्ष पोख्रेलले सही पार्टी चयन गरेकोमा धन्यवाद दिनुभयो ।

समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर अगाडि बढेको नेकपा एमाले नै प्रवाशी नेपाली हरूको हक हितका लागि काम गर्ने एक मात्र पार्टी हो भन्दै पोखरेलले अहिले भन्सारमा भएका ज्याद्दतीहरुको बारेमा पनि चाँडै खबरदारी गर्ने बताउनु भयो । प्रवाशमा रहेका नेपाली युवाहरूलाई स्वरोजगारको ब्यवस्था पनि नेकपा एमालेको कार्यनीतिमा समेटेको उहाँले बताउनु भयो ।

कार्यक्रम मञ्चका सचिवालय सदस्य बालकृष्ण भित्रीकोटीले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य सचिवालय सदस्य बिनेश तामाङले गर्नुभएको थियो ।