काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको खुलातर्फका ३५ सदस्यको लागि भएको मतगणनाको ९८८ मत गणना गर्दा निवर्तमान महामन्त्री डा. शशांक कोइराला ८१४ मतसहित शीर्षस्थानमै रहन सफल हुनुभएको छ । निर्वाचन समितिले साँझ ६ः४० बजे सार्वजनिक गरेको परिणाममा शशांक सो मतसहित पहिलो नम्बरमै रहन सफल हुनुभएको छ ।
मतगणना सूचीअनुसार दोस्रो स्थानमा ६३१ मतसहित एनपी साउँद आउनु भएको छ । यस्तै गृहमन्त्री बालकृष्ण खाँण, ज्ञानेन्द्रवहादुर कार्की, शंकर भण्डारी, रामहरी खतिवडा, अर्जुन नरसिंह केसी, उदय शमसेर जबरा लगायतका नेता शीर्ष १० स्थानमा पर्न सफल हुनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्