बारा, ३ पुस । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेको महाधिवेशनले केपी ओलीले नेतृत्वकरण गरेको बताउनुभयो । उहाँले बाराको बिश्रामपुर गाउँपालिकामा विभिन्न दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउँदै बस्नेतले एमालेबाट आत्तिएर कांग्रेसका केही नेता कुप्रचारमा उत्रिएको बताउनुभयो ।
बस्नेतले एमालेको महाधिवेशनबाट सबैले जितेको भन्दै कसैले पनि नहार्ने नीति र नेतृत्व एमालेले चयन गरेको दावी समेत गर्नुभयो । बस्नेतले भन्नुभयो – एमालेको महाधिवेशनलाई ओलीवेशन भन्ने कांग्रेसका नेताहरुले पानी ट्यांकी अधिवेशन गरेका छन् । जबकी दुनियाले एमालेले हाइटेक महाधिवेशन गरेको भनिरहेका छन् ।
अब युवाहरुले हाइटेकवाला एमाले रोज्ने कि हिलटेकवाला कांग्रेस रोज्ने?बस्नेतले मधेशमा एमालेको बारेमा फैलाइएको भ्रम टुट्दै गएको बताउनुभयो । सो कार्यक्रममा एमाले नेताहरु बलबीर प्रसाद चौधरी, ज्वालाकुमारी साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा बिश्रामपुरको उपप्रमुख उम्मेदवार बनेका कांग्रेस नेतासहितका विभिन्न दिलका नेता कार्यक्रम एमालेमा प्रवेश गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्