बारा, पुस ३ । १० औं महाधिवेशनपछि नेकपा एमालेप्रतिको आकर्षण ह्वात्तै बढेको छ । तुलनात्मक रुपमा नेकपा एमालेको अवस्था तराई जिल्लामा कमजोर रहेको भनिए पनि अहिले विस्तारै तराई पनि एमालेमय बन्दै गएको छ । यसै शिलशिलामा नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं लोकप्रिय केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा तराईको बारा जिल्लामा कांग्रेस, माओवादी र मधेसवादी दलका सयौं कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
शनिबार बाराको विश्रामपुरमा भएको बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) परित्याग गरी झण्डै ७ सय बढी युवाहरु एमालेमा प्रवेश गरेका हुन् । बाराको विश्रामपुर गाँउपालिका अधिवेशनमा नेपाली कांग्रस, माओवादी, जसपा र लोसपा पार्टी परित्याग गरी एमालेमा ६७७ जना युवाहरु प्रवेश गरेका हुन् । एमाले केन्द्रीय कमिटीको आयोजनामा समेत देशभर बृहत पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ ।

मुलुकको विकास र समृद्धिको साथमा तराईका जिल्लाहरुको विकासको सारथी एमाले मात्र भएकाले कांग्रेस, माओवादी, जसपा लगायतका दलहरु परित्याग गरी एमालेको मिसन र भिजनलाई स्थापीत गर्न एमालेमा प्रवेश गरेको नवप्रवेशीले बताए । नवप्रवेशीलाई खादा तथा अविर लगाई स्वागत गर्दै नेता बस्नेतले नवप्रवेशी युवाहरुको राजनीतिक जीवन सफल हुने बताउनु भयो ।

मुलुकको राजनीतिक दलको मुल भण्डारमा प्रवेश गरी राजनीतिक तथा सामाजिक रुपान्तरणको पथमा नवप्रवेशीहरु अगाडी बढेको उल्लेख गर्दै नेता बस्नेतले नवप्रवेशीलाई योग्यता, क्षमता तथा दक्षताको आधारमा पार्टीले उचित जिम्मेवारी प्रदान गरी राजनीतिक यात्राको साथमा राजनीतिक भूमिकालाई अगाडी बढाउने विश्वास पनि दिलाउनु भयो ।














प्रतिक्रिया दिनुहोस्