जनता टाइम्स

४ पुष २०७८, आईतवार १०:२८

महामन्त्री विश्वप्रकाशलाई पहिलो गासमै ढुङ्गा: भ्रामक प्रचार नगर्न माओवादीले दियो चेतावनी


काठमाडौ, पुस ४ । नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाईले नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अतिरञ्जित र भ्रामक प्रचार गरेको भन्दै दिपेन्द्र गिरीको मेरुदण्ड भाँचिनुमा माओवादी आक्रमणको संलग्नता पुष्टि गर्न चुनौति दिनुभएको छ । शर्माले शुक्रवार साथीहरुले लगाइदिएका सबै खादा र माला बोकेर वर्षौदेखि बेडमा रहेका दुई योद्धाको आँगनमा पुगेको भन्दै फोटो पोस्ट गर्नुभएको थियो ।

जसमा उहाँले जनआन्दोलन २०६२र६३ का जिउँदो शहीद मुकेश काफ्ले र माओवादी आक्रमणमा मेरुदण्ड भाँचिएर जीवन संघर्ष गरिरहेका युवा भन्दै दिपेन्द्र गिरीको प्रसंग उल्लेख गर्नुभएको थियो । माओवादी काभ्रे जिल्ला संयोजक चौलागाईले चौंरी देउराउली–५ कात्तिके देउरालीका दिपेन्द्र गिरीको मेरुदण्ड भाँचिनुमा माओवादीको कुनै संलग्नता नरहेको र उहाँ आफ्नै पारिवारिक दुर्घटनामा परी जनयुद्धको नाममा द्धन्द्धपीडितको लाभ लिइरहेको दावी समेत गर्नुभएको छ ।

उहाँले जिम्मेवार राजनीति नेताबाट सस्तो लोकप्रियताका लागि भ्रामक प्रचार गरिएको आरोप लगाउनुभएको छ । घाइते दिपेन्द्र गिरिलाई भेटेको भिडियो सार्वजनिक गर्दै विश्व प्रकाशले फेसबुकमा यस्तो लेख्नु्भएको थियो ।


साथीहरूले लगाइदिएका सबै खादा र माला बोकेर पुगें ‘ बर्षौं देखी बेडमा रहेका दुई योद्धाको आँगन ,