जनता टाइम्स

४ पुष २०७८, आईतवार १२:२०

सर्वदलीय बैठक राष्ट्र र जनताप्रति गद्दारी नबनोस् : भीम रावल


काठमाडौं, ४ मंसिर ।  नेकपा एमालेका नेता भीम रावलले राष्ट्र र जनताप्रति गद्दारी नगर्न चेतावनी दिनुभएको छ ।शनिवार साँझ एक ट्विट गर्दै नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिका लागि बोलाइएको सर्वदलीय बैठकलाई राष्ट्र र जनताप्रति गद्दारीको बैठक नबनाउन चेतावनी दिनुभएको हो ।उहाँले भन्नुभयो, एमसीसी सँगको सम्झौताबारे प्रमंले बोलाउनु भएको सर्वदलीय बैठक, सम्झौताका राष्ट्रघार्त प्रावधान नहटाई अनुमोदन गर्ने राष्ट्र र जनताप्रति गद्दारीको सर्वदलीय बैठक नबनोस्।वाह्य रकममा राष्ट्रिय स्वाधीनतालाई समर्पण गर्न खोज्नु विदेशीको नांगो दलाली हो। जननी जन्मभूमि स्वर्गादपि गरियसि, संसद्मा दर्ता भएको एमसीसी सम्झौताबारेमा छलफल हुन सकेको छैन । एमसीसी सम्झौताका बारेमा विवाद छ ।