जनता टाइम्स

४ पुष २०७८, आईतवार २०:२४

कांग्रेसमा गुण्डा नाइकेदेखि ठेकेदारसम्मले जित्दा हारे वौद्धिक नेता


काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा ठेकेदारदेखि गुण्डा नाइकेसम्म विजयी भएका छन् । आज राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए ।

त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन् । ३५ जनामा देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेको ठेकेदार जीपछिरिङ लामा निर्वाचित हुनुभएको छ भने गुन्डा नाइके गणेश लामा निर्वाचित हुनुभएको छ ।

लामा विजयकुमार गच्छदार निकट हुनुहुन्छ । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित हुनुभएको थियो । प्रा.डा. तीर्थराज खनिया, डा. सुरेशचन्द्र चालिसे, शंकर तिवारी लगायतका वौद्धिक नेता केन्द्रीय सदस्यमा पराजित हुँदा लामा विजयी हुनुभएको हो ।