जनता टाइम्स

४ पुष २०७८, आईतवार २१:२४

कांग्रेसका नगरउपसभापति जबरजस्ती करणी आरोपमा पक्राउ:


रूपन्देही, ४ पुस । नेपाली कांग्रेसका सिद्धार्थनगर उपसभापति एवम् वडा नम्बर—७ का वडा सदस्य किरण घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ तर यो विषयमा प्रहरीले औपचारिक रुपमा बोलेको छैन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको उनकै घरबाट पक्राउ गरेको प्रहरीले घटनाको अनुसन्धान जारी रहेका कारण केही भन्न नमिल्ने जनाएको छ ।अहिले अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा पछि मात्र बताउन मिल्ने रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले समेत विषय लुकाउन खोजेको आरोप छ ।