काठमाडौं, ४ पुस । पत्रकार अजयबाबु सिवाकोटी नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । शनिबार साँझ सम्पन्न ३५ जना खुला केन्द्रीय सदस्यको मतगणनामा ६४ जनालाई उछिन्दै सिवाकोटी विजयी हुनुभएको हो । १८११ मत पाएका सिवाकोटी २९औं स्थानमा विजयी हुनुभएको हो ।
कांग्रेसको १४औं महाधिवेशनमा पत्रकारिताबाट सक्रिय राजनीतिमा हाम्फालेका पत्रकार सिवाकोटीले पहिलो प्रयासमै सफलता हात पार्नुभएको हो ।
दोलखाबाट महाधिवेशन प्रतिनिधिसमेत रहेका सिवाकोटीले उम्मेदवार बन्दै गर्दा सक्रिय पत्रकारिताबाट विश्राम लिइसक्नुभएको छ । कांग्रेसमा गगन थापा निकट मानिने सिवाकोटी यसअघि प्रेस युनियनको महासचिव हुनुहुन्थ्यो । सिवाकोटीले कांग्रेसले आर्थिक विकासको एजेण्डा बोकेर देशलाई समृद्ध बनाउनुपर्ने बताउँदै आउनुभएको छ । यसका लागि युवाले अग्रसरता लिनुपर्ने उहाँको धारणा रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्