जनता टाइम्स

४ पुष २०७८, आईतवार २२:५३

रामचन्द्र पौडेलका सम्धी केन्द्रीय सदस्यमा पराजित


काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित हुनुभएको छ । १४औं महाधिवेशनमा ९९ जना उम्मेदवारमध्येका एक पूर्वमन्त्री ३५ जनाभित्र पर्न असफल हुनुभएको हो । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर निवासी चटौत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।

चटौत गिरिजाप्रसाद कोइरालाको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुनुहुन्थ्यो । उहाँ त्यतिखेरको चर्चित लाउडा जहाज प्रकरणमा पनि मुछिनुभएको थियो । कांग्रेसमा विगतमा कोइराला र हाल पौडेल समूहमा रहेका चटौतले ८२२ मत पाउनुभएको छ । चटौत १३औं महाधिवेशनमा रमेश लेखकसँग महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको थियो ।