जनता टाइम्स

५ पुष २०७८, सोमबार २०:३३

एमाले रामेछापको जिल्ला अधिवेशन २३ गते हुने


काठमाडौं, ५ पुस । नेकपा एमालेले रामेछापका आठवटै स्थानीय तहमा पालिकास्तरीप्य बृहत कार्यकर्ता भेला गर्ने भएको छ । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पुस १३, १४ र १५ गते पालिका भेला गर्ने निर्णय जिल्ला कमिटी बैठकले गरेको प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले जानकारी दिनुभयो ।

आज मन्थलीमा बसेको जिल्ला कमिटी बैठकले अध्यक्ष शान्ति प्रसाद पौडेलको संयोजकत्वमा जिल्ला अधिवेशन मूल व्यवस्थापन कमिटी गठन गरेको कार्कीले बताउनुभयो ।

जिल्ला अधिवेशन पुस २३ मा हुँदैछ । जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट कात्तिक १७ गते सबै वडामा एकैपटक गर्ने निर्णय समेत भएको छ । बैठकमा वागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी, जिल्ला इन्चार्ज कैलाश ढुंगे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।