जनता टाइम्स

६ पुष २०७८, मंगलवार ०८:५१

एमालेले औंल्यायो दशौं महाधिवेशनका ९ कमजोरी र सुधार गर्नैपर्ने पक्ष (सूचीसहित)


काठमाडौं, पुस ६ । नेकपा एमालेले दशौं महाधिवेशनमा ९ कमजोरी रहेको औल्याउँदै आगामी दिनमा सुधार गरेर जाने अठोट गरेको छ । केन्द्रीय कमिटी बैठकबाट एमालेले यी कमजोरी औल्याउँदै सुधारको पाटो औल्याएको हो ।

बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा ती कमजोरीलाई औल्याउनु भएको छ । साथै कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा सुधारको खाँचो औल्याउनु भएको छ ।
महाधिवेशनको कमीकमजोरीबारे यस्तो छ निश्कर्ष

कमजोरी तथा शिक्षाहरू
महत्वपूर्ण सफलता, उपलब्धि र विशेषताका बाबजुद महाधिवेशनमा केही कमीहरू पनि रहन गएका छन्र तिनलेहामीलाई महत्वपूर्ण शिक्षा पनि दिएका छन्। तिनलाई सङ्क्षिप्तमा यसरी उल्लेख गर्न सकिन्छ–

(क) महाधिवेशनकोत यारीका लागि हामीसँग असाध्यैकम समय उपलब्ध थियो। दुई महिनाभन्दा कम समय, त्यसबीचमा परेका दशैं, तिहार, नेपाल सम्वत्को नयाँ वर्ष तथा छठजस्ता ठूला सांस्कृतिक पर्वहरू, वडा र पालिका अधिवेशनसमेत सम्पन्न गर्नुपर्ने दायित्वजस्ता जिम्मेवारीका कारण महाधिवेशन तयारीमा समयकोठूलोदवाव सिर्जना भयो। समयकोन्यूनताका बीच काम गर्नुपर्दा कतिपय विषयमा कमी रहन गए । यसले हामीलाई महाधिवेशनको तयारीका लागि न्यूनतम चार महिना छुट्याउनैपर्ने शिक्षा प्राप्त भएकोछ ।

(ख) पार्टीकोसङ्गठनात्मक जीवन लामोसमयसम्म अस्तव्यस्त जस्तोबन्न पुगेकोथियो। सदस्यता नवीकरण र विवरण अद्यावधिक गर्न, एकता– एकीकरणका क्रममा जोडिएको सङ्गठनात्मक विवरणलाई व्यवस्थित गर्न र अन्य अभिलेखलार्इ अद्यावधिक गर्न अन्तिम समयसम्म पनि ताकेता गरिरहनु पर्ने स्थिति सिर्जना भयो । यसले कतिपय ठाउँमा प्रतिनिधि चयनको कार्यतालिका नै प्रभावित बन्न पुग्यो । आगामी दिनमा यस्तो अवस्था सिर्जना नहोस् भन्नाका लागि हामीले सदस्यता लगायतका विवरणलाई हरबखत अद्यावधिक राखिरहनुपर्छ ।

(ग) प्रतिनिधि र सहभागीहरूको विवरण समयमैउपलब्ध हुन नसक्दा प्रतिनिधि परिचय–पत्र बन्न ढिलाइ भयो। यसलेगर्दा सौराहामा आवास व्यवस्थापनमा केही समस्या पैदा भयो। कतिपय प्रतिनिधिहरूलाई असुविधा पनि पर्न गयो । आगामी दिनमा हामीले प्रतिनिधिहरूको अन्तिम विवरण कम्तिमा पनि एक साताअगावै सम्बन्धित निकायले प्राप्त गरिसक्ने कुरा सुनिश्चित गर्नुपर्छ ।

(घ) नेकपा (एमाले) जस्तो लोकप्रिय, व्यापक जनआधारित तथा ठूलो पार्टीले आयोजना गर्ने राष्ट्रियस्तरका कार्यक्रमका लागि खुल्ला स्पेश र सभागृहहरूको अभाव टड्कारोगरी खड्कियो । सोहीअनुरुपका साउण्ड सिस्टम, डिजिटल डिस्प्लेर सञ्चार सुविधा उपलव्ध गराउने व्यवसायिक क्षमता पनि कमजोर देखियो। महाधिवेशनमा सहभागी हुन आउनुभएका लाखौं सहभागीहरूले वक्ताहरूलाई सुन्नैनपाई फर्किनुपर्ने अवस्था सिर्जना भयो। आगामी दिनमा हामीले मुलुककाप्रमुख सहरी केन्द्रहरूमा तीनै तहका सरकार, स्थानीय समुदाय र व्यवसायीहरूसँग समन्वयगरेर खुल्ला कार्यक्रमस्थल र ठूला सभागृहहरूको निर्माणको प्रबन्धमा ध्यान पु¥याउनुपर्छ ।

(ङ) पार्टीको सङ्गठनात्मक संरचना सम्बन्धमा महाधिवेशनअगावैस्पष्टता होस्र महाधिवेशनको चापमा कतिपय सङ्गठनात्मक निर्णयहरू हतारोमा नहोऊन् भन्नाका लागि विधान महाधिवेशनबाट सङ्गठनात्मक संरचनाकोनिक्र्यौल गर्नेवैधानिक व्यवस्था गरिएकोहो। आगामीदिनमा यसको कार्यान्वयन प्रभावकारी ढङ्गले गरिनुपर्छ । विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनबीच समयको अन्तर पनि बढाउनुपर्नेअनुभव भएको छ । यसका साथै निर्वाचन प्रक्रिया सुरु भइसकेपछि निर्वाचन आयोगसँगको भूमिका र उससँगको समन्वयलाई बढाउनुआवश्यक देखिएकोछ ।

(च) हाम्रोपार्टीपङ्क्ति आधुनिक प्रविधिकोप्रयोगमा क्रमशः अभ्यस्त बन्दैगएकोछ । तर अझैपनि कतिपय कमरेडहरूमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्न एवं यससम्बन्धी ज्ञान र अभ्यासलाई बढाउँदै लैजान आवश्यक देखिएको छ । (छ) सहमति र प्रतिस्पर्धा दुवै लोकतन्त्रका पक्षहरू हुन् । यिनीहरूको प्रयोग, प्रभावकारिता र सान्दर्भिकता समय र स्थिति सापेक्ष हुन्छ । पार्टीमाथि गरिएको चौतर्फी घेराउ, आक्रमण र मोर्चाबन्दीको परिप्रेक्ष्यमा यसपटक आम पार्टीपङ्क्तिको चाहना पार्टीको नेतृत्व सहमतिबाटै चयन होस् भन्ने थियो । वडा र पालिका अधिवेशनका क्रममा तथा प्रतिनिधि चयनका सिलसिलामा अभिव्यक्त उच्चस्तरको समझदारी र एकताको भावनाले आम पार्टीपङ्क्तिको मनोभावनालाई प्रतिविम्बित गरिसकेकै थियो। पार्टीभित्रका विभिन्न मनोविज्ञानलाई भावनात्मक र सङ्गठनात्मक रुपमा एकताबद्ध बनाउन पनि यसपटक सहमतिको प्रयास गरिनु स्वाभाविक र उपयुक्त थियो। तर यस प्रयासलाई अनावश्यक रुपमा विवादित बनाउनेकाम भयो। नेकपा (एमाले)को महाधिवेशन विग्रहयुक्त बनोस् र पार्टीको आन्तरिक एकतामा आँच पुगोस् भन्ने चाहना गर्ने विपक्षीहरूले सहमतिको प्रयासलाई आलोचना गर्नु र यसमाथि आक्रमण गर्नु त स्वाभाविकै भयो । तर पार्टीकै कतिपय कमरेडहरूबाट पनि यस प्रयासलाई अन्यथा रुपमा
व्याख्या, विश्लेषण र आलोचना गरियो, जुन उचित थिएन । यद्यपि, हामीलेनेतृत्व चयनको विधिलाई सहमतिमै निक्र्यौल ग¥यौं र स्वस्थ एवं मर्यादित ढङ्गले टुङ्गो लगायौं ।

(ज) ठूला कार्यक्रमहरू व्यवस्थित बनाउन स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण हुन्छ । स्वयंसेवक परिचालनमा पार्टी अब्बल देखिँदै आएकोपनि छ । यति हुँदाहुँदैपनि स्वयंसेवकहरूको छनोट, उनीहरूको भूमिका र कार्यशैलीजस्ता विषयमा अझ सुधारको खाँचो छ ।
निष्कर्ष
केही कमी र सीमाहरूका बाबजुद पार्टीकोदशौं राष्ट्रिय महाधिवेशन अत्यन्त भव्य, ऐतिहासिक र सफल रहेकोछ । महाधिवेशनपश्चात्पार्टी नीतिगत रुपमा थप स्पष्ट र सही ढङ्गले दिशा निर्देशित भएकोछ । सङ्गठनात्मक रुपमा थप सुदृढ र व्यवस्थित भएकोछ । कमरेडली भावनालेअझ एकताबद्ध भएकोछ । विधान महाधिवेशनले पारित गरेकोकार्यदिशा तथा राष्ट्रिय महाधिवेशनलेनिर्माण गरेको नेतृत्वको मार्गदर्शनमा सिङ्गो पार्टीलाई परिचालित गर्नु अबको हाम्रो दायित्व हो । महाधिवेशनमा हामीले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौं’ भन्नेमूल नारा तय गरेका छौं । मूल नाराले पहिलोअंशले पार्टी निर्माणका सम्बन्धमा स्पष्ट दिशानिर्देश गर्छ भन्ने दोस्रो अंशल ेराष्ट्र निर्माणको बाटोबारे स्पष्ट पार्छ । यही मूल नाराकोमर्म र महाधिवेशनको स्पिरिटका आधारमा सिङ्गोपार्टीलाई चलायमान बनाउनु र महाधिवेशनका सन्देशहरूलाई आम जनसमुदायमाझ सम्प्रेषित गर्नु हाम्रो अभिभारा हो ।