जनता टाइम्स

६ पुष २०७८, मंगलवार १४:०३

एमालेको नारावाजीबीच प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत


काठमाडौं, ६ पुस । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच दुई अध्यादेश स्वीकृत भएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले पेस गर्नुभएको अध्यादेशहरु स्वीकृत भएको हो । आज संसदबाट ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ स्वीकृत भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले नारावाजीसहित विरोध गरेका थिए ।प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्नेछ ।