जनता टाइम्स

६ पुष २०७८, मंगलवार १९:००

बालकको लिङ्गमा रबरले बाँधेर यातना दिने होस्टल वार्डेन पक्राउ


पोखरा, ६ पुस। बालकलाई यातना दिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।पोखरा महानगरपालिका वडा नं-१५ मा रहेको एक स्कुलमा बालकले राति ओछ्यानमा पिसाब गर्छ भन्दै बालकको लिङ्गमा रबर बाँधेर यातना दिएको आरोपमा प्रहरीले महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट जिल्ल्ला पञ्चकन्या गाउँपालिका वडा नं – २ स्थायी घर भइ हाल पोखरा –१४ बस्दै आएकी २७ वर्षीया जानुका नेपाली रहेको प्रहरीले जनाएको छ ।

कास्कीका निमित्त प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता दिपक केसीका अनुसार उक्त स्कुलको होष्टल वार्डेनसमेत रहेकी नेपालीले राति सुत्दा ओछ्यानमा पिसाब फेर्छ भन्दै ६ वर्षीय बालकको लिङ्गमा रबरले बाँध्नेर यातना दिने गरेको भन्ने जाहेरी पश्चात उनलाई पक्राउ गरिएको हो ।

उनीविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थपको अनुमति लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको केसीले बताउनुभयो ।