जनकपुर, पुस ७ । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र डा. शेखर कोइराला–विमलेन्द्र निधि पक्षबीच निर्वाचनको विषयलाई लिएर झडप भएको हो ।
प्रदेश २ मा कांग्रेसको नेतृत्व लिन संस्थापन पक्षबाट कोइराला–निधि पक्षबाट रामसरोज यादव सभापतिको उम्मेदवार हुनुहुन्छ । देउवा पक्षबाट कृष्ण राय यादवले उम्मेदवारी दिनुभएको छ । कोइराला(निधि समूहले आजको मतदान स्थगित गरेर भोलि मात्र गर्ने प्रस्ताव राखेपछि देउवा समूह आक्रोशित भएको थियो ।
विवाद बढेर दुई पक्षबीच झडपको रूप लिएपछि प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया दिनुहोस्