जनता टाइम्स

७ पुष २०७८, बुधबार २२:५६

यादव–भट्टराई टकराव बढ्यो, जसपा फुटको दिशातर्फ


काठमाडौं, ७ पौष । जनता समाजवादी पार्टी फुटको दिशातर्फ बढेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईबीचको विवादले जसपा फुटको दिशातर्फ बढेको हो ।

उपेन्द्र यादव नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर जाने पक्षमा देखिएपछि भट्टराई असन्तुष्ट हुनुभएको छ। कम्युनिस्ट सिद्धान्त त्यागीसकेका बाबुराम वैकल्पिक शक्तिका रुपमा अगाडि बढ्नुपर्नेमा माओवादीसँग मिलेको जसरी जान खोजेको भन्दै यादवसँग असन्तुष्ट बन्नुभएको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्दै जाने यादवको प्रयासमा भट्टराईले अवरोध खडा गर्नुभएको थियो। त्यतिबेलाबाट यादव भट्टराईसँग असन्तुष्ट हुनुभएको थियो अहिले प्रचण्डसँग मिलेर जाने या फरक बाटोमा अगाडि बढ्नेबारे जसपाभित्र विवाद चुलिएको हो ।

जसपा फुट्ने अवस्थामा पुगेलगत्तै नेता कार्यकर्ता राजनीतिक भविष्य हेर्दै अन्य दलतर्फ जान थालेका छन् । कपिलवस्तुका मंगलप्रसाद गुप्ता एमाले प्रवेश गरिसक्नुभएको छ । जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । महन्थ ठाकुर त्यसका अध्यक्ष छन् । जसपा फेरि फुटको संघारमा पुगेपछि मधेशी र जनजातिको बाहुल्य रहेको दलहरु कमजोर बन्दै गएका छन् ।