जनता टाइम्स

८ पुष २०७८, बिहीबार ०७:५२

दलित महिलातर्फ देउवापक्षको क्लीन स्वीप, एक जना पनि केन्द्रीय समितिमा आएनन शेखर पक्षधर


काठमाडौं, पुस ८ । नेपाली कांग्रेसको दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सभापति शेरबहादुर देउवा पक्षले क्लीन स्वीप गरेको छ । दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा डा. शेखर कोइराला पक्षधर उम्मेद्वारलाई पराजीत गर्दै देउवा पक्षले क्लिन स्वीप गरेको हो ।

निर्वाचन समितिका अनुसार दलिततर्फको केन्द्रीय सदस्यमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी हुनुभएको छ । लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो शान्ति र पाल्पाकी रुपाले पहिलो पटक केन्द्रीय समितिमा प्रवेश पाउनु भएको हो ।