जनता टाइम्स

८ पुष २०७८, बिहीबार १९:४१

खस आर्यतर्फ कांग्रेस केन्द्रीय सदस्यमा देउवा समुहको बर्चश्व, ७ मध्ये एक मात्रै कोइराला समुहका


काठमाडौं, पुस ८ । नेपाली कांग्रेसको जारी मतगणना अन्तर्गत खस आर्यतर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षकै बर्चश्व देखिएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार साँझ सम्पन्न मतगणनामा खसआर्य खुला केन्द्रीय सदस्यतर्फ ७ खुला पदमा सभापति शेरबहादुर देउवा पक्षले ६ पदमा जित हात पारेको छ ।

मतगणनामा केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, मधु आचार्य, भीम पराजुली, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित हुनुभएको छ । निर्वाचित केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् ।