जनता टाइम्स

१६ असार २०७६, सोमबार ०२:२९

एनआरएनए ओमानले छान्यो सेवन्त पुर्जाको नेतृत्वमा नयाँ कार्यसमिति


ओमान, असार १६

गैर आवासीय नेपाली संघ (एनआरएनए) ओमानको पाँचौं अधिवेशनले सेवन्त पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

ओमनको राजधानी मस्कटमा सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, द्वितीय उपाध्यक्ष बिकल झा, महासचिव रविन शिल्पाकार चयन गरेको हो । यसैगरी सचिब भरत अधिकारी, कोषाध्यक्ष महेशश्वर चौधरी, सहकोषाध्यक्ष रामहरी गिरी, प्रवक्ता रामकुमार तामाङ, महिला संयोजक रुपा कार्की र युवा संयोजक फुर्वा लामा चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरु क्रमशः टिकाराम विश्वकर्मा, ललित वास्तोला, लक्ष्मीप्रसाद कोइराला, कुलबहादुर श्रेष्ठ, महेन्द्र तिवारी, रामबहादुर तामाङ, सुरेश खड्का, सुनु तामाङ, नरेन्द्र वराल, अर्जुनप्रसाद पौडेल र सुसन श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनलाई सम्बोधन गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपाल र ओमनवीचको पर्यटन, लगानी लगायत विभिन्न क्षेत्रमा सहकार्य गर्न ६ वटा सम्झौताहरु प्रक्रियामा रहेको बताउनु भयो । उहाँले श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी पनि दिनुभयो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्र्रिय समन्वय परिषद्का अध्यक्ष भबन भट्टले नेपालमा लगानीको लागि वाताबरण बन्दै गइरहेको वताए । संघका उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, सचिब डिवी क्षेत्री, मध्यपुर्व संयोजक आरके शर्माले प्रवासमा कार्यरत सबै नेपालीलाई सम्बोधन हुने गरी लगानीको मोडल वनाइरहेको वताए । उनीहरुले ओमन एनआरएनको अभ्यासहरु सबैले सिक्नुपर्ने वताए ।

एनआरएन ओमानका अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनमा साउदीबाट सहभागी भएका जोन अर्यालले मध्यपुर्ब उपसंयोजक, युएईका मनोज गोर्खालीले मध्यपुर्व संयोजक पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । ओमानमा एनआरएनए गैरआवासीय नेपाली सोसल क्लबको रुपमा सामाजिक विकास मन्त्रालयमा दर्ता छ ।