जनता टाइम्स

९ पुष २०७८, शुक्रबार १९:४४

कांग्रेस नेताले दिए ज्यान मार्ने धम्की


काठमाडौं, पुस ९ । नेकपा एमाले मुस्ताङका जिल्ला कमिटी सदस्य नरसिंह शेरचनलाई नेपाली कांग्रेस मुस्ताङका जिल्ला सभापति एवं पूर्व मन्त्री रोमी गौचनले ज्यान मार्ने धम्की दिनुभएको छ ।

बुधवार लेते गाउँमा सामुदायिक समितिको बैठक बस्ने क्रममा पूर्व मन्त्री गौचनले शेरचनालाई ज्यान मार्ने धम्की दिएको एमाले मुस्ताङले जनाएको छ । बैठक बस्ने क्रममा विवाद बढ्दै जाँदा ज्यान मार्ने धम्की दिएको एमालेले जनाएको हो । ज्यान मार्ने धम्की दिने कांग्रेस सभापति गौचनलाई कानु बमोजिम कडा भन्दा कडा कार्वाही गर्न नेकपा एमाले मुस्ताङले माग गरेको छ ।

मन्त्री गौचनलाई यूवा संघको ध्यानाकर्षण

सोही विषयमा ध्यानाकर्षण गदै यूवा संघ नेपालले गौचनलाई चेतावनी दिएको छ । यूवा संघको खेद प्रकट रहेको जनाउँदै राष्ट्रिय युवा संघ नेपालका स्थाई कमिटी सदस्य सम्राट गौचनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेकपा एमालेको नेता कार्यकर्ता माथि कसैले डर पकड गरे जस्तो सुकै कदम लिन बाध्य हुने बताउनुभएको छ ।