काठमाडौँ, १० पुस । एमालेबाट विभाजन भएर नेकपा समाजवादी बनेपछि उक्त पार्टीमा लागेर मुख्यमन्त्री बनेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नयाँ किर्तिमान कायम गर्नूभएको छ । तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि यस पदमा राजेन्द्र पाण्डे नियुक्त हुनुभएको थियो ।
देशका ७ प्रदेशमध्ये बागमती प्रदेशमा १४ मन्त्री र ४ राज्यमन्त्री गरी १८ जना मन्त्री बनेका छन । संघीय सरकारकै तुलनामा मन्त्रीको सङ्ख्या पुगेको अहिले पाण्डेको तिब्र आचोलचना हुन थालेको छ ।सबै पार्टीको भाग पुर्याउनको लागि मन्त्रालयहरूलाई टुक्राएर शुक्रवार मन्त्रिमण्डल विस्तार गरिएको हो ।मन्त्रालयको लागि घर अभाव भएपछि एउटै घरमा पाँचवटासम्म मन्त्रालय राखेको समाचार यसअगाडि विभिन्न संचारमाध्यममा प्रकाशित भैंसकेको छ । एउटा भवनमा एक झ्याल एक मन्त्रालयको बोर्ड झुण्डाएर कीर्तिमान कायम गर्नुभएका मुख्यमन्त्री पाण्डेले १८ करोडको गाडी किन्ने प्रक्रिया समेत अघि बढाउनुभएको छ ।
पछिल्लो पटक मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा सहभागी दललाई भाग पुर्याउन आठ मन्त्रालयलाई टुक्र्याएर १४ बनाउनुभएको हो । मख्यमन्त्री पाण्डेले एउटै मन्त्रालयलाई तीन वटासम्म बनाउनुभएको छ । नेकपा एकीकृत समाजवादीका नेता पाण्डेको नेतृत्वमा बनेको सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सहभागी छन् । चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।
शुक्रबार साँझ नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले सपथ लिुनभएको हो । उहाँहरूलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।थपिएका तीन मन्त्री र तीन राज्यमन्त्री गठबन्धनको दल नेपाली कांग्रेसबाट थपिएका हुन् । यससँगै बागमतीको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।














प्रतिक्रिया दिनुहोस्