जनता टाइम्स

१० पुष २०७८, शनिबार १४:२२

बनको चुनावमा बढारियो सत्तारुढ गठबन्धन : सवै पदाधिकारीसहित एमाले उम्मेद्वार प्याकुरेल अध्यक्षमा विजयी


झापा पुस १० । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूह बिर्तामोड–७ को अध्यक्षमा बद्री प्याकुरेल निर्वाचित हुनुभएको छ ।

गए राती सम्पन्न मतगणनाको अन्तिम परिणाम आउँदा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्त प्यानलबाट उम्मेद्वारी दिनुभएका प्याकुरेल सत्तारुढ गठबन्धनका उम्मेदवारलाई ५९ मत अन्तरले पराजीत गर्दै विजयी हुनुभएको हो । प्याकुरेलले ३८८ मत ल्याउँदा सत्तारुढ कांग्रेससहितको पाँच दलीय गठबन्धनका उम्मेदवार कृष्णप्रसाद लिम्बुले ३२९ मत पाउनु भएको छ । लिम्बुले नेपाली कांग्रेस र माओवादीको तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा अनिल गदाइली ४०६ मतसहित बिजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी सोमनाथ घिमिरेले २९८ मत पाउनु भएको छ । यसैगरी सचिवमा सोही प्यानलकी दिलमाया मादेन विजयी हुनुभएको छ । उहाँले ३८४ मत ल्याउँदा अर्को प्यानलकी उम्मेद्वार सचिव इन्दिरा अधिकारीले ३१० मत हासिल गर्नुभयो ।

पदाधिकारी सबैमा एमाले र राप्रपाको प्यानलले जित हासिल गरेको छ भने केही टोल सदस्यमा कांग्रेस र माओवादीको प्यानलबाट पनि विजयी बनेका छन ।