काठमाडौं, पुस १३ । नेपाली कांग्रेस रोल्पाका सहसचिवको मोटरसाइकल र अर्का एक नेताको घरमा आगजनी भएको छ। सहसचिव सुनिलकुमार वलीको रा ५ प ९५२१ नम्बरको मोटरसाइकल आइतबार अज्ञात समूहले आगजनी गरेको हो।कांग्रेस रोल्पा उपसभापति हरिबहादुर पुन, सचिव शेरबहादुर थापा र सहसचिव सुनिलकुमार वली श्रद्धाञ्जली सभामा पुग्नुभएको थियो ।
गंगादेव गाउँपालिका ४ का पार्टी वडा कार्यसमिति सदस्य गनबहादुर डाँगीको १३ औं पुन्यतिथिमा आइतबार श्रद्धाञ्जली सभा भएको थियो।उक्त कार्यक्रमका लागि सहसचिव वली मोटरसाइकलमा लगेर जानुभएको थियो । उहाँ सवार रहेको उक्त मोटरसाइकल अज्ञात समूहले आगजनी गरेको हो।श्रद्धाञ्जली कार्यक्रम सकेर नेताहरू स्थानीय गंगादेव गाउँपालिका ५ का नदु डाँगीको घरमा बसेको आशंकामा अज्ञात समूहले उक्त घरमा पनि आगजनी गरेका छन्।घर र मोटरसाइकलमा आगजनी गर्ने समूहलाई खोजी गरी कानुनी कारबाही गर्न रोल्पा कांग्रेस सभापति किशोरकुमार आचार्यले आज विज्ञप्ति निकालेर माग गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्