जनता टाइम्स

१३ पुष २०७८, मंगलवार १६:४०

प्रेस चौतारी नेपालको जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तय



काठमाडौं, पुस १३ । प्रेस चौतारी नेपालले जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तोकेको छ । लुम्बिनीमा जारी विस्तारित केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको हो । जिल्ला अधिबेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३–६, मा गर्ने निर्णय बैठकले गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।