जनता टाइम्स

१७ पुस २०७८, शनिबार ०८:१५

काठमाडौं उपत्यकासहित देशभर हुस्सु : पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्ने सङ्केत



काठमाडौं, पुस १७ । काठमाडौं उपत्यकासहित देशभर हुस्सु लागेको छ । तर, काठमाडौंमा हिजोजस्तो बाक्लो हुस्सु भने लागेको छैन ।केहीबेरपछि हुस्सु हटेर घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो ।

उहाँका अनुसार भोलिदेखि केही दिन मौसम घमाइलो हुनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज देशभर आंशिक बद्ली रहने तर पानी भने नपर्ने उहाँले बताउनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा भने हल्का हिमपातको सम्भावना छ । हिमपातका कारण अधिकतम तापक्रम घट्दा चिसो बढेको छ । केहीदिन निरन्तर घाम लागे पनि बिहीवारदेखि भने फेरि पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्ने सङ्केत देखिएको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।