जनता टाइम्स

१७ पुष २०७८, शनिबार १७:०१

देउवाले गरे १० नेतालाई केन्द्रिय सदस्य मनोनित, को–को छानिए नेता ?


काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रिय समिति सदस्यमा मनोनयन गरेका छन ।

सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको हो ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उक्त मनोयन गरिएको मुुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।