सप्तरी, २१ पुस । अग्नि साइर कृष्णा सवरण गाउँपालिका–६ का एक युवकको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका ४७ वर्षीय शुकदेव चौधरी हुनुहुन्छ ।
एक महिनाअघि दुबईमा मृत्यु भएका चौधरीको शव सोमबार घर ल्याइएको छ । आगामी फागुनमा उहाँका छोराको विवाह तय भएको थियो । छोराको विवाहमा चौधरी घर आउने तयारीमा हुनुहुन्थ्यो । तर, उहाँको मंसिरमा दुबईमै ज्यान गएको छ । उहाँका दुई छोरा र पत्नी छन् ।
प्रतिक्रिया दिनुहोस्