जनता टाइम्स

२५ पुष २०७८, आईतवार १७:११

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी, यी हुन अन्य सर्वसम्मत पदाधिकारी


बुटवल, पुस २५ । एमाले रूपन्देही अध्यक्षमा तेजेन्द्र केसी निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनबाट केसी अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

अधिवेशनले उपाध्यक्षमा जागेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैरे, उपसचिवद्वयमा चित्रबहादुर कार्की, हितराज पन्थी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।